गण्डकी प्रदेशमा मन्त्रालय फुटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा मन्त्रालय फुटाइयो

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    पोखरा । नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पुर्‍याइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । संरचना ९ नै भएको र मन्त्रालयमात्र थपिएको उनको भनाइ छ ।

    वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्रयाइएको हो छ । प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताए ।