यी हुन् एमालेले गण्डकीमा पाएका मन्त्रालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    यी हुन् एमालेले गण्डकीमा पाएका मन्त्रालय

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८१, सोमबार

    पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेले पाउने चार मन्त्रालय टुङ्गो लागेको छ । एमालेले कृषि, भूमि व्यवस्था तथा सहकारी, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा यातायात र  उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ । 

    एमालेकी पद्मा जिसी कृषि, कृष्णप्रसाद पाठक स्वास्थ्य, मित्रलाल बस्याल पर्यटन र प्रकाशबहादुर केसी भौतिक मन्त्री दिने टुंगो लागेको छ । मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे पर्यटन बोर्ड पोखराको सभाहलमा गर्ने तयारी छ ।  हालका भौतिकमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को मन्त्रालय हेरफेर भएको छ ।

    उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला मन्त्री र नेसपाका फणीन्द्र देवकोटा पनि ऊर्जा मन्त्रालयमा यथावत छन् ।