विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८१, सोमबार

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको छ ।

    सुन्दरमणि अधिकारीको शब्द तथा संगीत यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको थियो । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको थियो ।

    उक्त रेकर्डपछि विष्णुको यो गीतले अर्को रेकर्ड राख्न सक्ने अनुमान थियो । गीतले एक सातामा छिटो एक करोड भ्युज पाउने रेकर्ड राख्नेछ भन्ने अपेक्षा थियो तर ९ दिनमा मात्र यसले एक करोड भ्युज बटुल्न सक्यो ।

    एक सातामा छिटो एक करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘सकम्बरी’ थियो । निकै चर्चाका साथै विवादले समेत घेरिएको ‘सकम्बरी’लाई एक सातामा करोड भ्युज प्राप्त भएको थियो ।