काठमाडाै । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले पथलैया नजिक अलपत्र रहेको दुदरा खोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे संसदमा प्रश्न उठाएका छन् । मङ्गलबारको संसद बैठकमा बारा ४ का प्रतिनिधिसभा सदस्य श्रेष्ठले पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ठेकेदारले काम नगर्ने र सरकारले भुक्तानी नदिने गर्दा गाली भने जनप्रतिनिधिले खानुपरेको उनको भनाइ छ । उनले भने, “दुधरा खोला पुल छ वर्षदेखि अलपत्र छ । पूर्वपश्चिम राजमार्गको मुख्य मार्गमा रहेको हालत यो छ भने अन्य ठाउँको हालत के होला । पुल कति दिन, कति महिना, कति वर्षभित्र बन्ने हो सम्बन्धित मन्त्रालयले ध्यान दिओस् ।”
सांसद श्रेष्ठले रौतहटको गौरमा प्रादेशिक अस्पताल जस्तो संवेदनशील ठाउँमा नाचगान र दारुपानी सञ्चालन गरिएको घटनाप्रति खेद प्रकट गर्दै त्यहाँका मेसुलाई अविलम्ब कारवाही गर्न माग गरेका छन् ।