अर्घाखाँचीमा छहरे खोलामा बगेर २ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अर्घाखाँचीमा छहरे खोलामा बगेर २ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८१, बुधबार

    काठमाडौं। अर्घाखाँचीको शीतगंगा नगरपालिका १४ स्थित छहरे खोलाले बगाउँदा वेपत्ता भएका दुई युवक मृत फेला परेका छन् ।

    कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का २३ वर्षीय उमेश पौडेल र सोही पालिकाकै वडा नं. ८ का २२ वर्षीय किशोर रास्कोटी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर दिपेन्द्र रावलले जानकारी दिए ।

    उनका अनुसार एकजनाको शव करिब पाँच सय मिटर तल र एक जनाको शव करिब एक किलोमिटर तल फेला परेको थियो ।

    मंगलबार दिउँसो करिब दुई बजेतिर नुहाउन भनेर छहरे खोलाको झरनामा पुगेका चार जनामध्ये दुई जनालाई एक्कासी आएको बाढीले बगाएको थियो । अरु दुई जना भने छेउँमा रहेकाले भागेर ज्यान जोगाउन सफल भएका थिए ।