तीजको महिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    तीजको महिमा

    चिनु पाेख्रेल

    १९ भाद्र २०८१, बिहीबार


    नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज महत्वपूर्ण चाडको रुपमा मानिन्छ । विशेषत शिव जस्तो  बर पाउ भनेर कठोर व्रत बसि मनाइने पर्वको छुट्टै महत्व छ । भगवानकै पालामा माता पार्वतीले भगवान् शिव जि पति पाउ भनेर कडा व्रत भनेको श्वास समेत नफेरी निलाहार व्रत बस्नु भएको कारण जुन योग या तपस्या गर्नु भो त्यस्लाइ हठ योग भनिन्छ । माता पार्वतीकाे हठ योग ब्रतकै कारणले गर्दा भगवान् शिव साक्षात्कार हुनु भयो र आशीर्वाद दिनु भयाे । माता पार्वती तिमीले मलाइ पाउनका लागि यति कष्टकर व्रत बस्यौ दिनभर मुखमा पानी पनि नहाली श्वास समेत नफेरी यसरी मेरो स्तुति गायौ म तिम्रो तपस्याले धेरै खुशी भए । भन आज म तिम्रो सामु नतमस्तक भएर उभिएको छु अब म तिम्रो यो हठ युक्त जुन योग छ त्यस्लाइ तथास्तु भनिदिन्छु भनेर भगवानले भनेपछि माता पार्वती खुसीले गदगद हुनु भो त्यसपछि शिवरात्रीको दिन भगवान शिव र पार्वतीकाे विवाह भएकाे थियाे ।

     यसरी भगवानकै पालादेखि नै असल वर पाउ भनेर कठोर रुपमा निलाहार उपबास बसि दिन भरी शिवजीकाे मन्दिरमा गइ नाना थरी का नैबेद्ध्यहरु ,विभिन्न थरिका फुलप्रसादीहरु चढाइ विभिन्न खालका तीजका गीतहरु गाएर, नाचेर शिव जि जस्तो वर पाउ भने हिन्दु नारीहरुले मनको भावनाहरु गीत मार्फत पोखेर मनाउने चलन छ । यो चलन परापूर्वकालदेखि चलेको हुनाले बिशेष गरि हिन्दु नारी हरुले मनाउने चलन रहेको छ । हिन्दु नारीहरुको महान पर्व भएको हुँदा परम्परा अनुसार तीजमा विवाह गरेर दिएकाे छाेरीहरुलाई आफ्नो जन्मघर अर्थात् माइतमा आउनक लागि तीज आउन भन्दा केही दिन अगाडि नै लिन जाने चलन छ । पहिले पहिले यातायातको सुविधा नहुँदा झोलुङ्गे पुलहरु नहुँदा नदि खोला तर्नु पर्ने लामो बाटो दिदी बहिनीहरुलाई दाजु भाइले लिएर आउने जुन चलन छ त्यो चलन निरन्तर अहिले सम्म पनि चलिनै रहेको छ । सामाजिक विसङ्गति, कुरुती, पछौटेपन आदिलाई गीतकै माध्यमद्वारा अभिव्यक्त गरेर दुख सुखको पीर मर्का व्यक्त गर्ने परम्परा पनि रहेको छ । यसरी गीतकाे माध्यमद्वारा गाउँघरका दिदी बहिनीहरु एकै ठाउँमा बसेर रमाइलो गरि पानी पनि मुखमा नराखी कठोर खालको व्रत बस्ने चलन भएको हुँदा सम्पुर्ण इष्टमित्रहरुसँग पनि भेट हुने मनको भावनाहरु पनि पोख्न पाइने भएकाे हुदा महिलाहरुलाई यो पर्वकाे छुट्टै महत्व छ ।

    तीजको पर्व सँगै ऋषि पन्चमी पर्व पनि जोडिएको छ । विशेष गरि नारिहरु रजस्वला भएपछि विभिन्न ठाउमा बस्दा केही कुराहरु बार्नुपर्ने हुन्छ त्यो बार्नको लागि धेरै अप्ठ्यारा हरु छ्न नचाहादा नचाहदै पनि प्रकृतिक कुरो भयको हुँदा बार्न नै नभ्याउने अबस्थाहरु हुदारहेछ्न यो अबस्था बाट सरल उपाय तिर लैजानको लागि हामिले ले ऋषि पन्चमी मनाउदै आइरहेका छौ । भगवान्को पाला को कुरो गर्ने हो भने  स्वर्गलोक का इन्द्रले आफ्नो गुरु बिश्वरुप लाई गुरु मान्दथे । ती बिश्वरुप गुरु दानबहरुका पनि भान्जा थिए । गुरु बिश्वरुप लाई इन्द्रले आफ्नो गुरु मानिरहेको अबस्थामा इन्द्रलाइ कुनै कुरामा मोह जाग्यो । जस्को फलस्वरूप गुरु बिस्वरुप लाई इन्द्रले मारिदिय भगवान इन्द्र लाई ब्रह्महत्याको पाप लाग्यो । इन्द्रलाई ब्रह्महत्या को पापले पाताल जानू पर्यो ।जुन कारणले इन्द्र ले पाप गरे त्यो मोक्ष हुनको लागि धेरै कस्ट सहन पर्ने थियो ।भगवन इन्द्र लाई ब्रम्हहत्या को पाप लागेपछी पृथ्वी तेज आकास बायुमा भयका हरेक प्रा‍णीलाई असर भयो ।इन्द्र बेगर्को पानी परेन पानी नभय पछि सब अन्धकारमय हुने भयो भनेर देवता हरु ले सर सल्लाह गरे अब इन्द्र लाई बोलाउनु पर्यो भने ।

    इन्द्रलाइ कसरी बोलाउने उस्ले त ब्रह्महत्या गरेका छ उस्ले पापको मोक्ष पाउने बेला भएको छैन भन्ने कुरो भयो ।त्यस्पछी इन्द्र को पाप कटाउन वा ब्रह्महत्या को अन्त्री कसरी गर्न सकिन्छ भनेर भगवानहरुले कुरो राख्दा ब्रह्मजि को चार भागको सामर्थ्य छ ती चार सामार्थ्य क कस्ले बड्ने भनेर सल्लाह लिदा १)पृथ्वी माता २)नारी शक्ति ३) अग्नि र ४)जल/ गङा

    यसरी चार भाग लगाएर ब्रह्महत्याको पाप कटनीको लागि भाग लगाइयो पृथ्वी माताले मलाई नपोती कुनै पनि कार्य गर्न हुदैन र चट्टानमा कुनै पनि बिरुवा नहोस  भन्दा मानिन ।त्यस्तै नारी लाई सामार्थ्यवान होउन सन्तान उत्पादन गर्न सक्ने क्षेमता साथै ईश्वरिय शक्ति पुरुषहरुले नारी लाई मानुन भन्ने । र रजस्वाला हुदा बार्नु पर्छ भन्ने ।त्यस्तै अर्को ब्रह्महत्या को पाप मोक्ष को लागि अग्नि ले लिइन ।अग्निले म चाहे भने आगो फुक्न लाग्दा को मुस्लो बनेर ब्रह्महत्या को पाप कटनी गर्छु भने त्यस्पछी जल गङाले  पनि एक भाग लिइन जुन बर्षाको समयमा तछाड मछाड गर्दै धमिलो हुँदै बग्ने बिग्रह्को रुप लिएर बसिन असरी इन्द्र भगवान ले ब्रह्महत्या गर्नु भयको हुदा ब्रह्महत्या को पाप कटनी गर्न पर्दा चार भागमा बाडेर इन्द्र्लाइ मोक्ष दिएका थिए ।

    त्यसै को फल स्वरुप हो ऋषि पन्चमी मा सप्तऋषिहरुको पुजागर्न अरुन्धत्ती सप्तऋषिहरु१)कस्यप २) अतृ ३)बसिश्ठ ४)बिश्वमित्र ५) जमदग्नी ६)भारद्वाज ७) गौतम ऋषिहरुको नाममा पुर्खाले संस्कृती जोगाउने हिसाबले आज सम्म हिन्दु नारीहरुले मनाउदै आएको हामी पाउँछौ ।

    लेखिका काङ्गग्रेस नेतृ हुन् ।