तनहुँमा पनि अतिक्रमित संरचना हटाउन प्रक्रिया सुरु, सरोकारवालासँग छलफलपछि कार्यान्वयन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पनि अतिक्रमित संरचना हटाउन प्रक्रिया सुरु, सरोकारवालासँग छलफलपछि कार्यान्वयन हुने

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८३, बिहीबार

    दमौली, १७ वैशाख । तनहुँमा पनि सरकारी जग्गा कब्जा गरेर बनाइएका संरचना हटाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभित्र रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरोकारवालासँग बैठक गरेर निर्णय लिइने बताएका छन् ।

    गृहमन्त्रालयबाट बिहीबारमात्रै परिपत्र प्राप्त भएसँगै जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।

    प्रमुख जिल्ला अधिकारी तिवारीले आगामी हप्ता स्थानीय तह, सुरक्षा निकाय लगायत सरोकारवालासँग समन्वय बैठक आव्हान गरिने जानकारी दिए।

    उनले पहिलो चरणमा जिल्लाभित्रका अतिक्रमित संरचनाको विस्तृत विवरण संकलन गरिने बताए। यस क्रममा सडक, सार्वजनिक जग्गा, नदीकिनार, सरकारी तथा सामुदायिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाको पहिचान गरिनेछ।