दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    दमौली । दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके चयन भएका छन् । आइतबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट विकेको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट संघको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा शर्मिला विक, कोषाध्यक्षमा अन्जान परियार, सहसचिवमा सुरेश सेन्चुरी र सदस्यहरुमा देव गजमेर, ऋतिका सुनार, सपना परियार र अमृत परियार चयन भएका छन् ।

    अधिवेशनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उदघाटन गरेका थिए ।