तनहुँ समाज हङकङ महिला समिति गठन, अध्यक्षमा हर्कुमाया र सचिवमा पवित्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ समाज हङकङ महिला समिति गठन, अध्यक्षमा हर्कुमाया र सचिवमा पवित्रा

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    दमौली । तनहुँ समाज हङकङ महिला समिति गठन गरिएको छ । तनहुँ समाज हङकङले आइतबार आयोजना गरेको भेलाले हर्कुमाया थापाको अध्यक्षतामा १५ सदस्यीय महिला समिति गठन गरेको हो ।

    जसको उपाध्यक्षमा अरुणा राना आले, सचिवमा पवित्रा (डिम्पल) सारु मगर, सहसचिवमा प्रमिला थापा, कोषाध्यक्षमा झरना पाटा मगर र सदस्यहरुमा सानु माया थापा, जसमाया गुरुङ, भुमादेवी गुरुङ, ज्योति थापा, सुनिता गुरुङ, दिपिका थापा, सूर्य गुरुङ, कुमारी लुंगेली, विपना गुरुङ र चिन्ताकुमारी थापा चयन भएका छन् ।

    हङकङमा रहेका तनहुँवासीको संस्था तनहुँ समाज हङकङले गृहजिल्लामा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।