बन्दीपुर केबलकार पन्ध्र दिन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार पन्ध्र दिन बन्द

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८१, सोमबार

    दमौली । तनहुँको पर्यटकीय बन्दीपुरमा सञ्चालित बन्दीपुर बन्दीपुर केबलकार पन्ध्र दिन बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत सम्भार गर्नुपर्ने भएकाले सोमबारदेखि लागु हुने गरी पन्ध्र दिनसम्मका लागि केबलकार सेवा बन्द गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

    बन्दीपुर–४ मा गत जेठ ३१ गतेदेखि व्यावसायिक रुपमा केबलकार सञ्चालनमा आएको थियो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले स्काइ साइक्लिङि, जीपलाइन सेवा र ड्राइभ इन रेष्टुरेण्टको सेवा भने नियमित रुपमा सञ्चालनमा रहने जानकारी दिए ।

    केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि खुल्ला भइसकेको छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

    केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैं साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकारचोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ ।