पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजिनामा

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    काठमाडौ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिएका छन्।

    यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए।कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए।

    असोज ४ गतेका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो। तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो।

    विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा पठाएका हुन्।

    ‘नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनासम्म पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन नसकेको विधितै छ। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको पृष्ठभूमिमा मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ,’ राजीनामा पत्रमा उनले भनेका छन्, ‘महासंघको विधानको पालना हुन नसक्दा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अधिकार र लोकतन्त्रको पहरेदार रुपमा झण्डै ७० वर्षदेखि खडा मुलुकुको अग्रणी संस्थाको यो अवस्था सृजना भएको हो भन्ने कुरा प्रष्ट छ। पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरुले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ।’