तनहुँका अधिकारी राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका अधिकारी राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा मनोनित

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    दमौली । तनहुँ जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारी राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा मनोनित भएका छन् ।

    असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बोर्डको कार्यकारी समितिमा मनोनित गरेको हो । अधिकारी लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन् । अधिकारी व्यास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।

    उक्त बोर्डको अध्यक्षमा भूमि व्यवस्था तथा सहकारी मन्त्री रहने व्यवस्था छ । सरकारले उक्त समितिमा बागमती प्रदेशबाट तेजेन्द्रबहादुर खड्का, लुम्बिनी प्रदेशबाट गुणनिधी भुषाल, कोशी प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भुपेन्द्रबहादुर सिंहलाई मनोनित गरेको छ ।

    बोर्डले सरकार र सहकारी आन्दोलनलाई नीतिगत विषयमा सहयोग गर्ने, सहकारी आन्दोलनलाई प्राविधिक तथा आर्थिक सहयोग मिलाउने र सरकार र सहकारी आन्दोलनबीच समन्वय गर्ने निकायको रूपमा काम गर्छ ।