राष्ट्रपतिद्वारा कुमारीबाट टीका एवं प्रसाद ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिद्वारा कुमारीबाट टीका एवं प्रसाद ग्रहण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन् ।

    साथै राष्ट्रपति पाैडेलले साे अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गरे । टीका एवम् प्रसाद ग्रहण पछि राष्ट्रप्रमुखले कुमारीसंग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पाैडेलले खड्ग साटेसा छन् ।

    भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजाेत्थन गरी शुरू हुने याे जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामाे जात्रा हाे ।