झ्याप्ले खोलामा अर्को माइक्रो बसपनि पुरिएको फेला, १० जनाको शव निकालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झ्याप्ले खोलामा अर्को माइक्रो बसपनि पुरिएको फेला, १० जनाको शव निकालियो

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (विंगर) पनि पुरिएको फेला परेको छ। आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि विंगर पुरिएको भेटिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झ्याप्लेखोलामा आइतबार थप एउटा बस र विगंर पुरिएको भेटिएको हो। त्यहाँबाट १० वटा शव निकालिएको डिएसपी थापाले जानकारी दिए। 

    जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक  इन्स्पेक्टर प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म ८ पुरूष र २ महिलाको शव भेटिएको जानकारी दिए। 

    बस र विंगर पुरिएको ठाउँबाट ती शवहरू निकालिएको र पहिचान हुन बाँकी नै रहेको इन्स्पेक्टर सिलवालले बताए। 

    आइतबार बिहान बस पुरिएको ठाउँबाट तीन जनाको शव निकालिएको थियो। खोजी कार्य जारी रहँदा थप ७ जनाको शव भेटिएको हो।  

    अहिले पनि खोजी कार्य जारी छ। पहिरो पन्छाउन धादिङका प्रहरी प्रमुखकै नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। (सेतोपाटीबाट)