मादी नदीले बगाउँदा पुलमा काम गर्ने मजदुर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीले बगाउँदा पुलमा काम गर्ने मजदुर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८१, बुधबार

    दमौली । तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदीले बगाउँदा आज सॉझ एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दिया निवासी १९ वर्षीय नविन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बेपत्ता हुने नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पक्की पुलमा काम गर्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणमा काम गर्ने तीन जना मजदुर नदीमा नुहाउन गएको र त्यसमध्ये नवीनलाई बगाएको प्रहरीको भनाइ छ । बेपत्ता भएकाको खोजी भइरहेको छ ।

    बेपत्ता हुने नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पक्की पुलमा काम गर्ने मजदुर रहेको प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।  
    पुल निर्माणमा काम गर्ने तीन जना मजदुर नदीमा नुहाउन गएको र त्यसमध्ये नवीनलाई बगाएको उहॉले बताउनुभयो । बेपत्ता भएकाको खोजी भइरहेको उहॉले उल्लेख गर्नुभयो ।
    कृष्ण न्यौपाने