स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना : चालकसहित आठ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना : चालकसहित आठ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ५७५६ नम्बरको बलेरो जीप ब्रेक फेल हुँदा आज बिहान करबव १० बजे सडकको कुना साइडको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । 

    डीएसपी पौडेलका अनुसार जिपमा सवार चालकसहित आठ जना थिए । तीमध्ये सात घाइतेलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेका डीएसपी पौडेलले जानकारी दिए । प्रहरीका अनुसार घाइते हुनेमा आँधीखोला गापा–५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं छन् ।

    यस्तै, पोखरा–१७ छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर बस्ने ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल र पोखरा–११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफिया नेपाली रहेका छन् । उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।