प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । 

    कोषमा कृषि विकास बैँकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट   ५१ लाख रकम हस्तान्तरण भएको हो ।