विपद्का कारण दसैंका कार्यक्रममा उपस्थित नहुने सांसद श्रेष्ठको भनाई, पीडितलाई राहत उपलब्ध गराउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विपद्का कारण दसैंका कार्यक्रममा उपस्थित नहुने सांसद श्रेष्ठको भनाई, पीडितलाई राहत उपलब्ध गराउन माग

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८१, शनिबार

    काठमाडौ । बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठले विपदको घडीमा दसैंका बेला आयोजना गरिएको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

    केही दिन अगाडीको बाढीपहिरोले जनधनको क्षति मात्र नभई विभिन्न सडक संजाललाई समेत तोडेको अवस्था रहेको भन्दै यस्तो दु:खको घडीमा यसपाली दसैँ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएका कुनैपनि कार्यक्रममा सहभागी नहुने सांसद श्रेष्ठको भनाई छ ।

    पूर्वमन्त्री समेत रहेका उनले भने, ‘दसैंका लागि यात्रा तय गर्नु भएकाहरुले संयमित भइ यात्रा गर्न र चाडबाड मनाउन सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । यसैगरी पीडितहरुलाई आवश्यक राहत समयमै उपलब्ध गराउनका लागि सरकारसँग जोडदार माग गर्दछु ।’

    सांसद श्रेष्ठले शुभ विजयादशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले भने,’यी चाडबाडले प्रत्येक वर्ष आम नेपालीको घरदैलोमा खुसी र उमंगको बहार बोकेर ल्याउँथे । तर, यसपाली कैयौँ नेपालीलाई दसैँ दशा बनेर आएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न भु-भागमा आएको बाढी पहिरोमा परी सयौँ नागरिकले ज्यान गुमाउनु भयो, कैयौँ घाइते हुनुहुन्छ र अझै केही नागरिक बेपत्ता हुनुहुन्छ ।’