युवा अभियान्ता गफ्फारकाे नेतृत्वमा दसैंमा १५ परिवारलाई खाद्यान्न सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा अभियान्ता गफ्फारकाे नेतृत्वमा दसैंमा १५ परिवारलाई खाद्यान्न सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८१, शुक्रबार

    दमाैली । युवा अभियान्ता सुदीप गफ्फारले दसैंमा १५ विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । उनले जिल्लाका विभिन्न ठाउँमा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

    गफ्फारले व्यास नगरपालिका र भानु नगरपालिकाका विपन्न परिवारलाई चामल, मासु, दाल लगायतका दैनिक उपभोग्य वस्तुहरू सहयोग गरेका हुन् । करिब ४० हजार बराबरको सामग्री सहयोग गरेको उनले जानकारी दिए ।