दमौली । नेपाल राहत शिक्षक केन्द्रीय समितिको सदस्यमा तनहुँका सिद्धान्त गर्जा मगर चयन भएका छन् । राहत शिक्षक केन्द्रीय समितिको काठमाडौमा सम्पन्न छैटौ महाधिवेशनबाट मगर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
बन्दीपुर-६ स्थित सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका मगर राहत शिक्षकको हकहितका लागि अनवरत लागिपरेका छन् ।
महाधिवेशनबाट अध्यक्षमा नवीन सिह धामी र वीरेन्द्र मल्ल, गण्डकी प्रदेश अन्तर्गतका टिकादेबी पोख्रेल वरिष्ठ उपाध्यक्ष, शिव यादव उपाध्यक्ष, विष्णु दाहाल, देवराज शर्मा उपमहासचिव, हरि कुंवर सचिवमा निर्वाचित भएका छन् ।