तेस्रो नव युवा कपको उपाधि दोभानलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तेस्रो नव युवा कपको उपाधि दोभानलाई

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८१, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा सम्पन्न तेस्रो नव युवा कप फुटबल प्रतियोगिताको उपाधि सोही वडाको दोभान युवा क्लवले जितेको छ । नव युवा क्लवले आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा डुम्रेस्थित सेभेन ए स्टार युवा क्लवलाई पराजित गर्दै दोभानले उपाधि जितेको हो ।

    पहिलो हाफमा दुई गोलले अग्रता लिएको दोभानले खेलको दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गर्दै जित सुनिश्चित गरेको हो ।

    उपाधिसँगै दोभान युवा क्लवले नगद रु एक लाख ५० हजार ८१ र उपविजेता सेभेन ए स्टारले नगद रु ७५ हजार ८१ प्राप्त गरेको आयोजक क्लवका कोषाध्यक्ष विपीन गौलीले जानकारी दिए ।

    सेमिफाइनल खेलमा दमौलस्थित व्यास युवा क्लवलाई १–० ले हराउँदै सेभेन ए स्टार फाइनल प्रवेश गरेको थियो । त्यस्तै फ्रेन्डसीप युवा क्लवलाई पराजित गर्दै दोभान फाइनल प्रवेश गरेको थियो ।