मुक्तिनाथमा एकैदिन २७ हजार भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुक्तिनाथमा एकैदिन २७ हजार भक्तजन

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८१, बुधबार

    मुस्ताङ। हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा बुधबार एकैदिन करिव २७ हजारले दर्शन गरेको बताइएको छ । मुक्तिनाथमा अधिकाँश आन्तरिक भक्तजनसहित भारतीय दशनार्थीहरुले दर्शन गरी फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    मुक्तिनाथ मन्दिरमा अहिलेसम्मकै बाँक्लो संख्यामा दर्शनार्थीहरुको उपस्थिती रहेको दावी गरिएको छ । दसै अघिको सोह्र श्राद्ध तिथी र दसैं — तिहार पर्वको अवधिमा आएका दर्शनार्थी तथ्यांकमा एकै दिनमा यतिठुलो संख्यामा मुक्तिनाथमा दर्शनार्थी गर्नेको ठुलो भीड लागेको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् । बुधबार सडकमार्ग तथा हवाईमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थीको चापले दर्शन तथा आन्तरिक सुरक्षा व्यवस्थापन हम्मेहम्मे परेको थियो ।