दमौली । भानु जन्मस्थल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेस भानु नगर समितिका सभापति रामकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
भानु नगरपालिकाले श्रेष्ठलाई जन्मस्थल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ भानु नगरपालिका-४ निवासी हुन् ।
संघीय सरकार मातहत रहेको विकास समिति स्थानीय तह मातहत आएपछि नगरपालिकाले विकास समितिमा अध्यक्ष नियुक्त गरेको जनाएको छ ।