ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०८१, सोमबार

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।

    चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

    घाइते दुई जनाको भरतपुरमा उपचार भइरहेको छ । घाइते मकवानपुर हेटौडा उपमहानगरपालिका १८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा परेका मकवानपुरगढी गाउँपालिका ६ का २७ वर्षिय सुसन विक सकुसल रहेको महतोले बताउनुभयो । दुर्घटनापश्चात केहीबरे अबरुद्ध भएको सडकखण्ड सुचारु भएको छ ।