जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८१, शनिबार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो ।

    १२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ थालेको जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ५३ बलमा ७५ रन बनाउँदै अविजित रहे ।

    अलराउन्डर हर्ष थाकेरले २९ रन बनाए । कप्तान अनिलकुमार साहले ५ रन बनाए ।

    विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले १–१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

    विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । सो क्रममा उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो । अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

    जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष थाकेरले २/२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले एक/एक विकेट लिए ।