जाग्राम सालिक! (कविता)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    जाग्राम सालिक! (कविता)

    आकाश अधिकारी

    ६ पुष २०८१, आईतवार

    उभिएको छ
    सहिद गेटमा
    वर्जित सपना बोकेर
    आश बहादुरको सालिक!
    बर्षौ देखि
    जाग्राम खडा छ।
    सालिक छेउको सडक
    सालिक हेर्दै
    सुदुर गन्तव्यमा निस्केको छ।
    यमराज भेषमा
    यातायातका साघनहरु
    सुदुर गाउँका
    हजारौं सपुत बोकेर
    धुवाँ फ्याक्दै
    गुडिरहेका छन्।
    बर्षौ भयो
    यो देशमा बुद्ध वर्जित भएको।
    महिनौं भयो
    शान्ति वर्जित भएको।
    अपवादमा
    जन्मिरहेका छन
    जंगबहादुर र हिटलरहरु।
    सहिद गेटको
    आश बहादुरको
    सपना ढाल्नलाई
    सालिक ढाल्नलाई।