


दमौली । गोरखाको मनकामना मन्दिर दर्शन गरी तनहुँको ऑबुखैरेनीतर्फ आउँदै गरेको अनटेष्ट विद्युतीय जीप दुर्घटना हुँदा पन्ध्र जना घाइते भएका छन् ।
गोरखाको सहिद लखनथापा गाउँपालिका-५ मा सोमबार भएको जीप दुर्घटनामा पन्ध्र जना घाइते भएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी नायब निरीक्षक जीत केसीले खबरपुञ्जलाई जानकारी दिए । दुर्घटनामा घाइते सबै चितवनको टॉडीका स्थानीय रहेको उनले बताए ।
घाइतेहरुको तनहुँको ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पॉच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तस्बिर : मुग्लिन बजार