


दमाैली । तनहुँको आँबुखैरेनी–मनकामना सडकखण्डमा साेमबार भएको जीप दुर्घटनाका घाइतेको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–३ मा अनटेष्ट विद्युतीय जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० फिट तल खस्दा घाइते भएका १४ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । दुर्घटनामा नामवतन नखुलेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चितवनको खैरेनी बस्ने दश वर्षीय रितेश परियार, १८ वर्षीया सुहाना परियार, ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, २५ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, ३५ वर्षीया प्रमिला राना, १३ वर्षीया सन्ध्या परियार, ३० वर्षीया सङ्गिता आले, ३१ वर्षीय राजु परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार घाइते भएको प्रहरीले जनाएकाे छ ।
घाइतेमध्ये सङ्गिता, राजु, अभिषेक र अर्जुनलाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
तस्बिर : मुग्लिन बजार