आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    दमाैली । सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न गरेकाे छ ।

    रामशाह माध्यमिक विद्यालयको सभाहलमा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

    बालबालिकामा रहेको अन्तरहीन प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रममा आँबुखैरेनी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबाट गरी ४१ जना विद्यार्थी सहभागी भएका थिए ।

    उक्त कार्यक्रममा लक्ष्मीमावि प्युघर कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रवेश आले प्रथम हुन सफल भएका छन् ।