५१ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ५१ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८१, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा ५१ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाको आयोजनामा मङ्गलबारदेखि सुरु शिविरमा ४४ सामुदायिक तथा सात घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो ।

    गाउँपालिकाको बजार क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएकाे छ । बन्ध्याकरण शिविर बुधबारसम्म चल्नेछ।