दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद नगर समितिको सभापतिमा हरिप्रसाद लम्साल चयन भएका छन् । भिमाद-६ मा शनिबार सम्पन्न भेलाले लम्सालको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।
नगर समितिको उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरुमा सुकुमाया गोतामे, टिकाराम राना र रामु नेपाली चयन भएका छन् ।
भेलालाई पार्टीका केन्द्रीय उपसभापति एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले, जिल्ला संयोजक विश्व बास्तोला लगायतले सम्बोधन गरेको व्यास नगर समितिका सभापति चुडामणि दाहालले जानकारी दिए ।