पीएम कप खेल्ने गण्डकीको टोली घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएम कप खेल्ने गण्डकीको टोली घोषणा

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    पोखरा । आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

    बिपिन खत्रीको कप्तानीमा शनिबार गण्डकीको टोली घोषणा भएको हो । टोलीमा बिपिनसँगै अर्जुन कुमाल, सुदिप अर्याल, अमृत गुरुङ, सुवास भण्डारी, मुस्कान थापा, चन्द्रकान्त पौडेल, दीपक डुम्रे छन् ।

    त्यस्तै समीर कँडेल, वंश क्षेत्री, कमल परियार, रोहित चन्द, सुजन गौतम, दिनेश बुढामगर र समीर पराजुली छन् ।