स्वास्थ्य सचिव बगालेद्वारा दमौली अस्पताल निरीक्षण, स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य सचिव बगालेद्वारा दमौली अस्पताल निरीक्षण, स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    दमौली । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय सचिव डा.विश्वबन्धु बगालेले आइतबार दमौली अस्पतालको निरीक्षण गरेका छन् ।

    त्यसक्रममा अस्पताल प्रमुख डा. परिवर्तन बरालले दमौली अस्पतालको परिचय, स्थापनादेखि हालसम्मको विकासक्रम, यस अस्पतालबाट प्रवाह भएका सेवाहरु, प्रमुख समस्याहरु, भावी योजनाहरु, तत्काल गर्नुपर्ने कार्यहरुका बारेमा प्रस्तुतीकरण गरे।

    सचिव बगालेले अस्पताललाई तत्काल आवश्यक जनशक्ति स्त्रीरोग विशेषज्ञको पदपूर्ति गर्ने, डिपिआर टुंगो लगाएर अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।