दमौली। भूमि समस्या समाधान आयोग तनहुँको आयोजना र शुक्लागण्डकी नगरपालिकाको समन्वयमा शुक्लागण्डकी सभा हलमा एकदिने अभिमिखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा भूमि आयोग तनहुँका अध्यक्ष गोविन्द सिलवाल, आयोगका विज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आशा थापा, सदस्य रामचन्द्र उपाध्याय लगायतले आयोगका बारेमा प्रकाश पारेका थिए भने सदस्य सचिब नापी कार्यालय तनहुँका प्रमुख बिजय कुमार सिंहले पालिका, वडा र आयोगले गर्नुपर्ने काम कर्तव्य र अधिकार कार्ययोजना बारे प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा वडा अध्यक्षहरु र राजनीतिक दलका जिज्ञासामाथि आयोगका सदस्य एवं मालपोत कार्यालय तनहुँका प्रमुख केश सुवेदीले स्पष्ट पारेका थिए ।
आयोगले भुमिहिन दलित र भूमिहिन सुकुम्बासीको कामलाई प्राथमिकतामा राखी रोकिएको ठाउँबाट तुरुन्तै काम अगाडि बढाउने आयोगका विज्ञ सदस्य कार्कीले जानकारी दिए ।