दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले स्थापना दिवसको अवसरमा फागुन २७ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आइतबार विज्ञप्ती जारी गरी स्थापना दिवसको अवसरमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।
उक्त दिन गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरू (आकस्मिक सेवा बाहेक) तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा स्थानीय दिइएको श्रेष्ठले उल्लेख गरे ।