


काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन्।
कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गरेको थियो।
समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए।