कास्की केन्द्रविन्दु ४.३ म्याग्निच्युडको भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कास्की केन्द्रविन्दु ४.३ म्याग्निच्युडको भूकम्प

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    पोखरा । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का पोखरासहित कास्कीका सबै ठाउँ र आसपासका जिल्लामा महसूस गरिएको थियो । यसअघि गएको शनिवार बाग्लुङ केन्द्रविन्दु भएर ४.१ र शुक्रवार म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।