स्ववियु निर्वाचन : ऑबुखैरेनीमा अखिल क्रान्तिकारीबाट निशानको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्ववियु निर्वाचन : ऑबुखैरेनीमा अखिल क्रान्तिकारीबाट निशानको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमौली । ऑबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट निशान मगरले उम्मेदवारी दर्ता गरेका छन् ।

    अखिल क्रान्तिकारीबाट स्ववियु सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ्ग, सदस्यहरुमा मेनुका खत्री, सुरेश नेपाली, विज्ञा राना मगरले उम्मेदवार दर्ता गरेका छन् ।

    यस्तै, अखिल क्रान्तिकारीबाट नै समानुपातिक तर्फ संगिता थापा, लक्ष्मी थापा, शिशिर वि.क., विनिशा बराम र देवी श्रेष्ठले उम्मेदवार दर्ता गरेको आँबुखैरेनी क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    स्ववियु निर्वाचन अन्तर्गत चैत ५ गते हुने निर्वाचनको मंगलबार मनोनयन दर्ता रहेकामा मगरले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    अखिल क्रान्तिकारीकी पूर्व उपमहासचिव एवं नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य सुदीन पौडेलले ऑबुखैरेनीमा अखिल क्रान्तिकारीको विजय सुनिश्चित रहेको बताए ।