दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले सबै सांसदलाई बन्दीपुर भ्रमणको निम्तो दिएका छन् । बुधबारको संसद बैठकमा बोल्दै सांसद वाग्लेले गाउँपालिकाले सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुर घुम्नका लागि चुल्हो निम्तो दिएका छन् ।
पृथ्वीराजमार्ग बनेपछि केही समय ओइल्याएको बन्दीपुर अहिले फेरि जुर्मुराएको र पोखरापछि प्रमुख गन्तव्य बन्दै गएको उनको भनाइ छ । उनले भने, ‘२०८२ को नयॉ वर्ष बन्दीपुर मनाउनका लागि म सबै सांसदलाई आग्रह गर्छु ।’