दमौली । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले सुवेदीलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको हो।
गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने गरिएको छ।
“महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” को अधिनमा रही मातहत सम्पूर्ण कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु मध्यबाट सर्वोत्कृष्ट छनौट भएका सुवेदीलाई पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।