राष्ट्रपति पौडेलको स्वकीय सचिवमा सुशील, हटाइए अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलको स्वकीय सचिवमा सुशील, हटाइए अधिकारी

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८१, सोमबार

    काठमाडौ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।

    सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए । सुशीललाई चिरञ्जीवी अधिकारीको स्थानमा नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् ।

    पौडेलको सचिवालयबाट हटाएपछि अधिकारीले आफु १८ वर्षसँगै बसेर काम गरेपनि एक पटक पनि हटाउनुअघि नसोधिएको गुनासो गरे । आफु बिदामा अमेरिका आएको र फर्कने तयारीमा रहेको जनाउँदै उनले भने, ‘मैले राजीनामा गरेको पनि थिइन र छैन । एक पटक पनि नसोधी हटाएको खबर आउँदा दुख लागेको छ ।’

    अधिकारी पछिल्ला वर्षमा पौडेलको स्वकिय सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

    राष्ट्रपति पौडेलको प्रमुख स्वकिय सचिवमा कान्छी छोरी अवज्ञा पौडेल छिन् । सुरुमा सुरेश चालिसेलाई परराष्ट्र विज्ञ सल्लाहकारसहित प्रमुख स्वकिय सचिवको जिम्मेवारी दिइएको थियो । बैकमा कार्यरत अवज्ञालाई पछि प्रमुख स्वकियको जिम्मेवारी दिइएको हो ।

    त्यस्तै, राष्ट्रपति पौडेलको वातावरण विज्ञ सल्लाहकारमा ज्वाइ प्रमेश्वर पोखरेल लाई नियुक्त गरेका छन् । राजनीतिक विज्ञ सल्लाहकारको जिम्मेवारी पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता सूर्य बहादुर थापाका छोरा सुनिल थापा छन् भने कानुन विज्ञ सल्लाहकार बाबुराम कुँवर छन् । (नागरिक न्युजबाट)