नेपाल पत्रकार महासंघको प्रशिक्षण विभाग संयोजकमा शर्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल पत्रकार महासंघको प्रशिक्षण विभाग संयोजकमा शर्मा

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८१, शुक्रबार

    दमौली, ८ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सचिव सोनी शर्मालाई प्रशिक्षण विभागको संयोजकको जिम्मेवारी दिएको छ ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको गत माघ २८ र २९ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा बसेको बैठकको निर्णयअनुसार शर्मालाई प्रशिक्षण विभागको संयोजकमा मनोनयन गरिएको हो ।

    महासंघको विधानका उद्धेश्य परिपूर्ति र महासंघको हित सम्वर्द्धन गर्न विभिन्न विभाग तथा समितिहरू निर्माण गर्ने क्रममा सो विभाग गठन भई शर्मालाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको महासचिव रामप्रसाद दाहालले बताए ।

    महासंघ केन्द्रीय कार्यसमितिसँग समन्वय गरी आफ्‌नो कार्यविधि निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा शर्माबाट उल्लेख्य सहयोग हुनेमा महासंघ विश्वस्त रहेको जनाइएको छ ।