दमौली, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको व्यास नगरपालिका-१० मा वडा कमिटी गठन गरिएको छ । शनिबार भएको भेलाले पदमबहादुर दरैको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो ।
वडा कमिटीको उपाध्यक्षमा सपना बोटे, सचिवमा विकास सुवेदी, सदस्यहरुमा तुलसी रिजाल, लक्ष्मीकुमारी पौडेल, विमला बोटे, मित्रलाल कंडेल, सम्वत आचार्य, रामु नेपाली चयन भएका छन् ।
रास्वपा नगर सभापति चुडामणि दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सभापति विश्व बास्तोला, क्षेत्र नम्बर १ का अध्यक्ष पदम न्यौपाने लगायत सहभागी थिए ।