चोकको चिया पसलमा बसेर कांग्रेसकै कुरा काट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चोकको चिया पसलमा बसेर कांग्रेसकै कुरा काट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८१, शनिबार

    दमौली, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चोकका चिया पसलमा बसेर कांग्रेसकै कुरा काट्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै शर्माले यो समस्या हरेक जिल्लामा भएको बताए ।

    उनले भने, ‘चोकको चिया पसलमा बस्यो, राष्ट्रिय अन्तराष्ट्रिय कुरा गर्यो । अन्तिममा कांग्रेसकै नेता कार्यकर्ताको कुरा काट्यो । यो समस्या देशैभर छ ।’ महामन्त्री शर्माले कांग्रेसभित्र भएका समस्या समाधान गरेर पार्टी एकढिक्का बनाउनुपर्ने बताए ।