दमौली, ११ चैत । शिक्षा विकास तथा समन्वय इकाइबाट स्थायी नियुक्ति लिएका २४ जना प्राथमिक तहका शिक्षकलाई भानु नगरपालिकामा पदस्थापन गरिएको छ ।
शिक्षक सेवा आयोगबाट खुला प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी पदस्थापनाका लागि भानु नगरपालिकामा आएका २४ जना स्थायी शिक्षकहरूलाई सोमबार विभिन्न विद्यालयमा पदस्थापना गरिएको हो ।
गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम र मधेश प्रदेशबाट आएका ९ जना पुरूष र १५ जना महिला शिक्षकहरूलाई पदस्थापना कार्यक्रम भानुका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षता, नगर प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सबै शिक्षकहरूलाई स्वागत गर्दै नगपालिकाको परिचय, यहाँका केही शैक्षिक प्रयासहरू र शिक्षक कर्मचारीले तत्काल गर्नुपर्ने पेशागत वृत्तिविकाससँग सम्बन्धित काम कर्तव्यका बारेमा जानकारी गराएका थिए।