दमौली, १२ चैत । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यलाई युवा अभियान्ता सुदीप गफ्फारले सम्मान गरेका छन् ।
गफ्फारले मंगलबार क्याम्पसमा स्ववियु सभापति, सचिव र सदस्यहरुलाई सम्मान गरेका हुन् । उनले छात्रलाई ढाकाटोपी लगाएर र छात्रालाई सेनेटरी प्याड दिएर सम्मान गरेका हुन् ।
त्यसक्रममा गफ्फारले क्याम्पसका विद्यार्थीको हकहितका लागि काम गर्न स्ववियु नेतृत्वलाई सुझाव दिए । स्ववियु सभापति अनुप आलेले सम्मानले आफूहरुलाई हौसला मिलेको बताए।