सर्वोच्च पुगे कुलमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्च पुगे कुलमान

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८१, बुधबार

    काठमाडौ, १३ चैत । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

    बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्।

    सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता हुन बाँकी छ।

    ‘रिट आएको छ तर दर्ता भइसकेको छैन। आज अपराह्न ५ बजेतिर मात्रै आउनुभएकोले ढिला भयो। यसमा भोलि हेरिनेछ,’ उनले भने।

    घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्।

    उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन्।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। 

    सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको छ।