काठमाडौ, १३ चैत । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६:२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिंगयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो ।