व्यास-२ का महिलालाई मादल बजाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-२ का महिलालाई मादल बजाउने तालिम

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८१, बिहीबार

    दमाैली, १४ चैत । व्यास नगरपालिका-२ का महिलालाई मादल बजाउने तालिम सञ्चालन गरिएकाे छ । वडा कार्यालयले महिलालाई सीप सिकाउने उद्धेश्यसहित मादल बजाउने तालिम आयाेजना गरेकाे हाे ।

    बिहीबारदेखि सुरु तालिम चैत २८ गतेसम्म सञ्चालन हुने वडा सदस्य सुरेश वाग्लेले जानकारी दिए । तालिममा वडाभित्रका १७ टाेलबाट ३४ जनाकाे सहभागिता रहेकाे छ । महिलाकाे माग बमाेजिम तालिम आयाेजना गरिएकाे उनकाे भनाइ छ ।

    तालिमकाे नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले उद्घाटन गरिन् ।