दमौली, १४ चैत। व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचन सम्बन्धमा उच्च अदालत पोखरामा परेको रिट उपर क्याम्पस प्रशासनले जवाफ पेश गरेको छ।
गत चैत ३ गते अदालतले १५ दिनभित्र कारण पेश गर्न क्याम्पस प्रशासनलाई आदेश दिएको थियो । बुधबार क्याम्पसका तर्फबाट प्राध्यापक समेत रहेका अधिवक्ता विष्णु हड्खले, निर्वाचन समिति संयोजक विशेश्वर तिमिल्सना र विमल गिरी अदालत पुगेका थिए ।
निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै सभापतिका उम्मेदवार सविन लामिछानेले अदालतमा रिट दर्ता गरेका थिए। यद्यपि स्ववियु सभापतिमा नेविसंघको प्यानलनै निर्वाचित भएको छ । उक्त निर्वाचनमा नेविसंघ बाहेक विद्यार्थी संगठनले भाग लिएका थिएनन् ।